नियम ५९
अदालतको अवहेलना सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्दा अपनाउने कार्यविधि
(१) कसैले कुनै व्यक्ति उपर अदालत वा मातहतका अदालतको अवहेलनाको कसूरमा उजुरी दिन चाहेमा अदालत समक्ष दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम  पर्न आएको उजुरीका सम्बन्धमा सुनुवाइ गर्दा इजलासले देहायको आदेश गर्न सक्नेछः-
(क) दर्ता गर्ने वा नगर्ने सम्बन्धमा आदेश गर्न,
(ख) विपक्षीको बयान गराउन,
(ग) अवधि तोकी विपक्षी स्वयम् उपस्थित भई वा कानून बमोजिम वारिस मार्फत लिखित स्पष्टीकरण वा प्रतिउत्तर पेस गर्न लगाउन।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कसैको कुनै कार्यले अदालतको अवहेलना भएको छ भन्ने लागेमा प्रधान न्यायाधीश वा अदालतको कुनै न्यायाधीशको आदेशबमोजिम अदालतको अधिकृत कर्मचारीले दिएको प्रतिवेदनका आधारमा समेत अदालतको अवहेलनाको मुद्दा दर्ता हुन सक्नेछ ।
(४) अदालतको अवहेलना मुद्दाको कारबाहीको क्रममा पक्षले दिएको निवेदनको आधारमा वा अदालत आफैंलाई तत्काल कुनै आदेश नदिएमा अदालतको गम्भीर अवहेलना हुन सक्छ भन्ने लागेमा अदालतले खास अवधिसम्म वा मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कुनै कार्य गर्न वा नगर्न आदेश दिन सक्नेछ ।
(५) यस नियममा उल्लेख भए बाहेक अदालतको अवहेलना सम्बन्धी मुद्दाको कारबाही र  किनारा गर्दा अदालतले उपयुक्त ठानेको कार्यविधि अपनाउनेछ ।
(६) अदालतको अवहेलनामा सजाय पाएको व्यक्तिको अभिलेख अदालतले अद्यावधिक गराई   राख्‍नेछ ।